0Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताउदै आफ्नो निर्वाचन खर्च सार्वाजनिक गरेका छन् ।

लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै निर्वाचनको क्रममा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र खर्च भएको पनि जानकारी दिएका हुन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

चिवन क्षेत्र २ बाट निर्वाचित लामिछानेले लामिछानेले आफुलाई मत प्रान गरी विजयी गराएकोमा मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचन सकिएको र आफु निर्वाचित भैसकेकाले अब विजयको खुसियाली मनाउने समय सकिएको भन्दै १० बुँदामा आफ्नो प्रतिबद्धता समेत जनाएका छन् ।

राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौं जाने उल्लेख गर्दै केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर यहाँका नागरिकको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement