0Shares

चितवन – भरतपुर महानगरपालिका १० स्थित चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकाई प्रतिनिधि छनौट भेला सम्पन भएको  छ । शनिबार भरतपुरमा एकाई प्रतिनिधि छनौट भेला मुख्य कार्यालय काउण्टर तेस्रो वार्षिक साधारण सभा एवम् अधिवेशन सम्पन भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी संस्थाका जेष्ठ सेयर सदस्य एवम् स्याउली बजार टोल सुधार समितिका जग्गा दाता ईन्द्रविलास पराजुली रहेका थिए । उनले सहकारीलाई राम्रो काम गर्दै उत्कृष्ठ भन्दै जान शुभकामना व्यक्त गरे ।

त्यस्तै सहकारीका अध्यक्ष बिनोद खण्ड तिमिल्सिनाले सहकारीले गरेका काम र सहकारी कसरी अगाडि बढीरहेको छ भन्ने बारे सेयर सदस्यहरुलाई जानाकारी गराएका थिए ।

सहकारी संचालक समितिका सदस्य लीलाधर आचार्यको सभापतित्वमा सम्पन भएको कार्यक्रममा, सहकारीका सेयर सदस्य शिरोमणि पराजुली लगाएत सहकारिका सेयर सदस्य, अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement