0Shares

भरतपुर, चितवन । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको काउण्टरमा बिहीवार रकम बचत गर्ने दिदी बहिनीको लाईन छ । साधारण पोशाकमा जम्मा भएका दिदी बहिनीहरु पालो कुरेर कस्ले धेरै बचत गर्ने भनेर प्रतिस्पर्धामा छन् ।

तीजले होटल र पाटी प्यालेस भरीभराउ भएको समयमा प्रभात काउण्टरमा भेटीनु भएकी भरतपुर ११ की रश्की लामिछाने भने कस्ले कति बचत गर्यो भनेर हेर्न व्यस्त हुनुहुन्छ। साधारण सहकारीको साडीमा भेटीनु भएकी उहाँ अरुको भन्दा धेरै बचत गर्ने प्रयासमा लागेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “बजार गयो भने दश हजार एकै छिनमा सकिन्छ । यहाँ साधारण पोशाकमा आयो दिदी बहिनीहरुसंग रमाईलो गर्यो । अनावश्यक खर्च हुने पैसा बचत गरेपछी दुखमा काम लाग्छ । ”

यस सहकारीले हरेक वर्ष तीजको अवसर पारेर शुभकामना आदान प्रदान एवं बचत कार्यक्रमको आयोजना गर्ने गरेको छ । सो अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिर्थी एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सेवा आयोग अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले प्रभातले दिदीबहिनीलाई शसक्तीकरण गर्दै आएको बताउनु भयो । उहाँले ७८ औं जिल्ला चितवनको सिको धेरै जिल्लाका दिदी बहिनीहरुले गर्ने र चितवनका करिब पाँच हजार दिदी बहिनीहरु प्रभातको सदस्य भएका कारण तीज पर्वलाई कता लैजाने भन्ने कुरा प्रभातको हातमा रहेको बताउनु भयो । तीजमा विकृती आएमा प्रभातमा विकृती आउने भन्दै उहाँले अन्य जिल्लाका सहकारीहरुले पनि प्रभातको सिको गरेको बताउनु भयो । दिदी बहिनीहरु उत्पादनसंग जोडीनु पर्ने बताउनु भयो । उहाँले आफैले वर्ष दिनभरी कमाएर ल्याएको रकम आजको दिनमा दिदी बिहिनीहरुले बचत गर्न आग्रह गर्नुभयो ।

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकाल देखि मनाउदै आएको तीज कार्यक्रमले समाज परिवर्तनमा सकारात्मक भूमिका खेलेको नेफ्स्कून उपाध्यक्ष एवं कार्यक्रमकी विशिष्टि अतिर्थी शान्ति अधिकारीले बताउनु भएको छ । प्रभातले तडक भडक रहित तरीकाले दिदी बिहीनीहरु भेला भएर रमाईलो गर्दै बचत गर्ने गरेको र यसको सिको अन्य संस्थाहरुले पनि गरेको उहाँको भनाई थियो । अहिले देशभर पैसाको अभाव छ सामाजिक सञ्जालमा तीज पर्व मनाएको हेर्दा पैसा भएको जसरी मनाएका फोटाहरु देख्दा दिदी बहिनीहरु समयमा नै सचेत हुन आग्र्रह गर्नुभयो । बचत तथा ऋण सहकारीको मुख्य भूमिका भनेको बचत गर्नु ऋण लिनु नै पहिलो प्राथमिकता भएको उहाँको भनाई छ । प्रभातका दिदी बिहिनीहरु यस विषयमा सचेत भएकै कारण सयौले यस विशेष अवसरमा बचत गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा सहभागी हुन आएका प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका दिदी बहिनीहरुको बचत संकलन गर्ने कार्यक्रमले अन्य दिदी बहिनीहरुलाई पनि चाड पर्वको अवसरमा हुने फजुल खर्च घटाएर बचत गर्न सिकाएको संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवाली बताउनु हुन्छ ।

सचिव साधना पोख्रेलले सहकारीको आर्थिक गतिविधि र कार्यक्रमहरुका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा वागमति प्रदेश बचत तथा ऋण सहकारी लिमिटेडकी शिक्षा उपसमिति सदस्य एवं सल्लाहकार सरस्वती कतिला, जिल्ला सहकारी संघका सदस्य एवं प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी सल्लाहकार भगवती पौडेल, संस्थाकी सल्लाहकार भगवती घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

सहसचिव अम्विका पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement