0Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा पाँच जना युवाहरु मिलेर ब्यवसायिक रुपमा बाख्रा फार्म सञ्चालन गरिएको छ । शिमल्थली एग्रो प्रालि कम्पनि दर्ता गरेर हेटौंडाको मुख्य बजार क्षेत्र नजिक यो बाख्रा फार्म सञ्चालन गरिएको हो । फार्ममा हालसम्म नौ करोड रुपैयाँ लगानी भईसकेको छ ।

यस फार्मका पाँचजना सञ्चालक मध्य दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडानम्बर–१ घर भई हाल बसामाडी सिमल्थली बस्दै आउनुभएका ३४ वर्षिय राजु अधिकारी पनि एक हुनुहुन्छ । उहाँले मलेशिया र कतारमा कठिन श्रम गरेर नौ वर्ष विताउनुभयो । विदेशबाट फर्कीएपछि नेपाली भूमीमै केही गर्नुपर्छ भन्ने भावनाले साथीहरुसंग मिलेर बाख्रा फार्म सञ्चालन गर्नु भएको हो ।

विदेशीभूमीमा हण्डर ठक्कर खाँदै नौ वर्ष बिताउँदा कमाएको रकम अधिकारीले यस फार्ममा लगानी गरी अीहले आमदानी लिन थाल्नु भएको छ । उहाँ आफै सञ्चालक र कामदार पनि हुनुहुन्छ । काम गर्दैमा सानो भइन्छ भन्ने सोच नराखी बिहान देखि बेलुका सम्म बाख्रा फार्ममा काम गर्दै आउनु भएको छ ।

शुरुमा शिमलथली उन्नत बाख्रा फार्मबाट दुइजनाको लगानीमा सुरु गरेको यो फार्म अहिले शिमल्थली एग्रो प्रालि बनाइएको छ । २०७० सालमा सुरु गरेको यो फार्ममा अहिले भने पाँच जनाको लगानी कर्ता छन् । मकवानपुरकै उत्कृष्ट र ठुलो लगानी भएको फार्म मध्य यो एक हो । हेटौंडाका गोविन्द सुवेदी र शिताराम अधिकारीले सुरु गरेको बाख्रा फार्ममा सञ्चालकसंगै संरचना र घाँस खेती गरिएको जग्गाको क्षेत्रफल पनि थपिएको छ ।

कम्पनिको नाममा रहेको ४५ कठ्ठा जग्गामा आधुनिक शैलीको खोर सहित विभिन्न संरचना निर्माण गरिएको छ । साढे ५ बिगाहा क्षेत्रफल जग्गा भाडामा लिएर घाँस खेती गरिएको छ । काठमाण्डौं दक्षिणकाली–८ घर भएका पबन आचार्य बाख्रा पालनका क्षेत्रमा नमुना ढंगले काम गर्नका लागि लगानी गरेरै हेटौंडामा बस्नु भएको छ ।

१५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस बाख्रा फार्ममा बिदेशबाट फर्किएका युवाहरुले लगानी गरेका छन् । काम गर्नका लागि पनि बिदेशमा बसेर फर्किएका युवाहरुलाई बडी प्राथमिकता दिइएको छ । रोजगारीका लागि परिवारनै छोडेर बिदेशीएका युवाहरुलाई यसले पनि निकै टेवा प¥ुर्याएको छ । बिदेशबाट फर्किएपनि स्वदेशमानै रोजगारी पाएकोमा युवाहरु निकै खुसी समेत भएका छन् ।

यस बाख्रा फार्मका बिभीन्न खोरमा साना देखि ठुला सम्मका ४ सय ५० वटा बाख्रा रहेका छन् । कुल नौ करोड रुपैयाँ लगानीमा साढे चार करोड रुपैयाँ एभ्रेष्ट बैकबाट ऋण लिइएको छ । यहाँको खोरमा बोयर जातका २१ वटा ठुला बिउ बोका छन् । २ सय वटा माउ बाख्रा छन् । अरु बयस्क पाठापाठीहरु रहेका छन् । यसलाई अझै व्यवस्थित बनाउन लागिएको अर्का लगानीकर्ता शिताराम अधिकारी बताउनुहुन्छ ।

रहर लाग्नेगरी बोयरजातका बाख्रा पालन गरेको हेर्नका लागि बिभीन्न जिल्लाबाट यस फार्ममा आउने गरेका छन् । फार्मसंगै खेतका गरामा देखिने घाँस खेती पनि निकै रहर लाग्दो छ । बाख्रालाई आवस्यक सबै घाँस यहाँबाटनै काट्ने गरिएको छ । यस फार्मबाट १८ जना युवाहरुले रोजगारी समेत पाएका छन् । यसै बाख्रा फार्मबाट देशभरका स्थानीय सरकार, बिभीन्न सरकारी, गैरसरकारी संघसंस्थाहरुले बाख्रा, बोयर जातका बोका खरिद गरेर लैजाने गरेका छन् ।

यो फार्मले ६६ वटा जिल्लामा बिउका रुपमा बोयर जातका बोका पुयाइएको छ । बाख्रा पालनमा नमुना फार्म भएकै कारणले बागमती प्रदेश सरकारले यस फार्मका सञ्चालकलाई उत्कृष्ट किसानका रुपमा पुरस्कृत समेत गरेको छ । फार्मबाट मकवानपुरका २१ वटा समुहका लागि १५ वटा विउ बोकाबितरण भएको छ । बाख्रामा नष्ल सुधारका लागि उत्पादीत पाठापाठीको बजारीकरण समेत गरिएको छ ।

बाख्रा खरिद गर्नका लागि पनि नसक्ने र बिदेशबाट फर्किएर नेपालमै केही गरौ भन्ने युवाहरुका लागि एक सय ५० वटा बाख्रा उपलब्ध गराइएको छ । हाल सम्म बाख्रा पाल्नका लागि ४ सय घरका १२ सय जनालाई तालिम समेत दिइएको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement