0Shares

काठमाडौँ साउन २३ ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो रास्ट्रिय भेलाको नारा तय गरेको छ l

संगठनकाे केन्द्रीय कार्यालय काेटेश्वर पेरिसडाँडामा नेकपा (माअाेवादी केन्द्र )केन्द्रीय सदस्य तथा वाइसिएल संयोजक सुमन देवकोटाको अध्यक्षतामा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाइसिएल नेपाल इन्चार्ज रामप्रसाद सापकोटा “दीपशिखा” को बिशेष उपस्थितिमा बसेको दाेश्राे राष्ट्रिय भेला परिचालन समिति केन्द्रीय कार्यालयकाे बैठकले भेलाकाे नारा तय गरेको हो l

भदौ ३ र ४ गते काठमाडौँको भृकुटीमण्डप स्थित रास्ट्रिय सभागृहमा हुने दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्न : “आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं ! सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं !!” भन्ने मूल नारा अन्र्तगत युवा परिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ । यस अघि वाईसीएल नेपालले भदौ ३ र ४ गते दोस्रो राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

दाेश्राे राष्ट्रिय भेला उद्घाटन अागामी भाद्र ३ गते बिहान ११:०० बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डप काठमाडौं मा शुरु हुने र बन्द शत्र ४ गते शुरु भई संगठनकाे अागामी कार्ययाेजना तय गर्ने र केन्द्रीय समिति र पदाधिकारी निर्माण गर्ने वाइसिएल प्रचार बिभाग संयोजक गणेश शाहीले जानकारी दिनुभयो l

साथै भेला नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. पुष्पकमल दाहाल “प्रचण्ड ” ले उद्घाटन गर्नुहुने समेत जानकारी दिनुभयो l संगठन सुदृढ बनाउन वाईसीएलले राष्ट्रिय भेला गरि प्रदेस तथा स्थानिय तह सम्म युवा संगठन सुदृढिकरण गरि निर्वाचनमा जान ‘संगठन सुदृढिकरण, युवा जागरण तथा परिचालन अभियान’ लगायतका बिषयमा व्यापक कार्ययोजना तय हुने वाईसीएलले जनाएको छ ।

साथै नवयुवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई अार्थिक रुपमा आत्मनिर्भर बनाउन याेजना केन्द्रित गर्ने , समाजवादकाे अाधार तयार गर्न राजनीतिक ,बैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरण मा छलफल केन्द्रित हुने वाईसीएलस्रोतले जानकारी गराएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement