12Shares

 

साउन १०। भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले फूल खेती गरीरहेका र गर्न ईच्छुक सहकारीका शेयर सदस्यहरुलाई तालिम दिएको छ ।

संस्थामा आवद्ध व्यवसायीक रुपमा फूल खेती गदै आएका र गर्न चाहने दिदी बहिनीहरुको लागि तालिमको आयोजना गरिएको अध्यक्ष बिमला न्यौपाने ज्ञवालिले जानकारी दिनुभयो । तालिमको उद्धघाटन गदै अध्यक्ष ज्ञवालिले संस्थामा आवद्ध शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन र आर्थिक रुपमा बलियो बनाउन पनि तालिम फलदायी हुनसक्ने बताउनु भयो ।

कार्यक्रममा सचिव साधना पोख्रेलले संस्थाले दिदी बहिनीहरुको व्यवसायमा सहयोग पुराउने उदेश्यका साथ ऋण प्रवाहका साथै व्यवसायका प्रकृति हेरेर तालिम दिने गरेको बताउनु भयो । सचिव पोख्रेलले विभिन्न व्यवसायमा आवद्ध दिदी बहिनीहरु लक्षीत तालिमले संस्थामा आवद्ध दिदी बहिनीहरुलाई सोही पेशा व्यवसायमा टिकाईराख्न मद्धत पुग्ने गरेको बताउनु भयो । सचिव पोख्रेलले अहिले सयपत्री फुलको बेर्ना लगाउने समय भएको र यसको बारेमा सुरुमा नै प्रशिक्षण दिदा फूलखेतीमा प्रोत्साहन हुने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समेत बताउनु भयो ।
तालिममा सहभागिहरुलाई रामपुर कृषि क्याम्पसका अजय डिसीले प्रशिक्षण दिनु भएको थियो ।
सो अवसरमा प्रशिक्षक डिसीले विउ जमाउने तरीका, फूलको कलमी गर्ने तरीका, व्याड बनाउने , फूल रोप्ने, फूलमा कुन रोग लागेमा कुन उपचार गर्ने लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो । डिसी आफैले पनि चितवनमा पछिल्लो समय व्यवसायीक रुपमा फूल खेती गदै आउनु भएको छ ।
कार्यक्रममा सहभागि एवं प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक शोभा पाण्डेले सयपत्री फूलखेती पछिल्लो समय फष्टाउदै गएको बताउनु भयो । श्री संगम महिला कृषक समूहकी अध्यक्ष समेत रहनु भएकी पाण्डे सामुहीक रुपमा फूल खेतीगर्दा दिदी बहिनीहरुमा उत्साह जागेको बताउनु भयो । विगत ३ वर्ष देखि फूल खेती गदै आएको बताउनु हुने अध्यक्ष पाण्डे सुरुका दुई वर्ष पाँच कठ्ठा क्षेत्रफलमा गरिएको खेती अहिले बिस्तार गरेर आठ कठ्ठा क्षेत्रफलमा गरीएको बताउनु  हुन्छ । गत वर्ष एक लाख रुपैयाको फूल बिक्री गरिएको बताउनु हुने पाण्डे भारतबाट आउने फूललाई रोक्नु पर्ने बताउनु हुन्छ ।

त्यस्तै तालिममा सहभागि विगत पाँच वर्ष देखि फूल खेती गर्दै आउनु भएकी रेखा आचार्य दश कठ्ठा क्षेत्रफलममा फूल खेती गरेको बताउनु हुन्छ । गत वर्षबाट फूल बिक्री समेत गदै आउनु भएकी आचार्य राम्रोसंग सयपत्री फूलखेती लगाउने र भारतबाट नआउने हो भने सयौले रोजगारी पाउने उहाँको भनाई छ ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नं ४ की सिता सुवेदीले एक कठ्ठा क्षेत्रफलमा लगाएको फूल खेतीबाट २५ हजार आम्दानी गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, “केही नजानीकन पनि घरमा अघिपछी लगाउने जसरी लगाएको थिए । राम्रो फुल्यो र वरपर नै बिक्री भयो । तालिम लिएपछी धेरै कुरा सिके आफु जस्तै दिदी बहिनी भेटे अव यसलाई बढाएर लगाउछु । यसैमा भविष्य खोज्छु । ”

12Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement