0Shares

९, साउन, चितवन
चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी नेपाल नगरपालिका संघ बागमती प्रदेशको सह संयोजक चयन भएका छन् ।
काठमाण्डौंमा सम्पन्न संघको छैटौं अधिवेशनले नगर प्रमुख रेग्मीलाई सह संयोजकमा चयन गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही नगरपालिकाको वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । बागमती प्रदेश भरीका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरु यसका सदस्य रहने व्यवस्था छ ।
बागमती प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका गरी ४५ पालिका छन् । यसमा गाउँपालिका पदैन । १७ सदस्यीय नेपाल नगरपालिका संघ बागमती प्रदेशमा कांग्रेसले ९, एमालेले ५ र अन्य सदस्य साना दलले पाएका छन् ।
काठमाण्डौंको कागेश्वरी मनोहर नगरपालिकाका अध्यक्ष अर्जुन कार्की यसका संयोजक छन् ।
समितिले केन्द्रीय, प्रदेश र स्थानीय सरकारका बीचमा आइपर्ने कानुनी तथा नीतिगत समस्या समाधानका लागि पहल गर्ने, आवश्यक राय सल्लाह सुझाव दिने काम गर्ने सहसंयोजक रेग्मीले बताए । यो समितिले तीनै तहका सरकारलाई जोड्न पुलको काम गर्ने नगरप्रमुख रेग्मीले बताए ।
लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement