219Shares

भरतपुर । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले विभागको कामलाई थप प्रभावकारी बनाउनका लागि विभागका सदस्यहरुलाई प्रदेश तथा विषयगत सहकारी संघहरु हेर्ने जिम्मेवारी तोेकेको छ ।

विभागको शुक्रवार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको दोस्रो वैठकले चितवनकी सहकारी अभियन्ता एवं नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीलाई नेपाल केन्द्रीय दुग्ध उत्पादक सहकारीको जिम्मेवारी तोकेको छ ।
सो बैठकले ७ प्रदेश, विभिन्न विषयगत संघ, प्रशिक्षण डेक्स, सूचना तथा सञ्चार डेक्स, कार्यालय व्यवस्थापन र अनुगमनका लागि जिम्मेबारी तोकेको हो ।
बचत तथा ऋण सहरकारीहरुको छाता संस्था नेफस्कूनको उपाध्यक्षमा शान्ति ढकाल अधिकारी निर्विरोध चयन हुनु भएको थियो । विगत २७ वर्षदेखि सहरकारी आन्दोलनमा लाग्नु भएकी अधिकारी महिलाहरुलाई सहकारीमा आवद्ध गराउने मार्ग दर्शक पनि हुनुहुन्छ ।
महिला भएकै कारण भोग्नुपर्ने विभेद र भिन्नताको सामना गरेर अगाडी बढ्दै जादा उहाँले दिनरात नभनिकन महिलाहरुलाई कसरी आर्थिक पाटोमा बलियो बनाउने र सहकारी मार्फत आर्थिक रुपमा बलियो बनाउने भनेर लागीरहनु भएको छ ।

सताईस वर्षसम्म सहकारीमा आवद्ध हुनु आफैमा कठिन छ । वि.स.२०५२ सालमा भरतपुर वडा नं १०, ११ र १२ का तिस जना महिलाहरुको भेला बसेर प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामाकरण गरेसंगै अगाडी बढेको पाईला आजसम्म अनवरत रुपमा अगाडी बढिरहेको छ ।

अन्य देशको तुलनामा नेपालमा सहकारीको बिकास हुन सकेको छैन् । तर पछिल्लो समय नेपालमा सहकारी अभियानले महिला सशक्तीकरणका साथै आर्थिक र सामाजिकरूपमा सहअस्तित्व निमार्णका लागि महत्वपूर्ण भूमिका खेलेको उहाँ बताउँनु हुन्छ । नेपालमा २९ हजारभन्दा बढीको संख्यामा रहेका सहकारीले सहरी क्षेत्रको मात्र नभई ग्रामीण क्षेत्रमा रहेका महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूर्ति गर्न सहयोग पुगेको उहाँको विश्वास छ ।
प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति सदस्य हुदै सचिव र दुई कार्यकाल अध्यक्ष हुदाँको काम गराईले उहाँलाई केन्द्रमा रहेर सहकारी आन्दोलनमा जोड्न सफल भएको हो ।

स्रोत र साधनमाथि महिलाको पहुँच कम भएको हाम्रो जस्तो समाजमा सहकारीका माध्यमबाट महिला पनि आर्थिक क्रियाकलापमा क्रियाशील देखिन थाल्दा भने उहाँ खुसी लाग्ने बताउनु हुन्छ । सहर बजारमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि महिला सहकारीका माध्यमबाट आर्थिक क्रियाकलापमा सहभागी हुन थालेको उहाँको बझाई छ । जसले गर्दा महिलाहरुको आर्थिक सँगसँगै सामाजिक र राजनीतिक हैसियत निमार्णमा समेत महत्वपूर्ण सहयोग पुगेको छ ।

कुनै पनि व्यवसायका लागि बीउ पुँजी स्थापना गरी स्वतन्त्ररूपमा व्यवसाय सञ्चालन गर्न, व्यवसायिक सिप आर्जन गर्न र सामाजिक सम्बन्ध स्थापित गरी व्यवसाय प्रबद्र्धन गर्न पनि सहकारीका माध्यमबाट महिलालाई निकै सहज भएका उहाँ बताउनु हुन्छ । स्थिर सम्पत्तिमा पुरुषहरुको स्वामित्वका कारण व्यवसाय सञ्चालनका लागि बँैकबाट ऋण प्राप्त गर्नसमेत समस्या पर्ने गरेकामा सहकारीले महिलालाई त्यस्ता समस्याबाट केही हदसम्म भए पनि समाधानको बाटो देखाई दिएको उहाँ बताउनु हुन्छ ।

आफ्नै पहलमा सहकारी स्थापना गरि आज विभिन्न सहकारीको नेतत्व सम्हालीसक्नु भएको छ । चितवनका सहकारिमा महिला सहभागिता ५१ प्रतिशत रहेकोमा गर्व लागेपनि निर्णायक तहमा महिला सहभागित न्युन हुनु एक किसिमको समस्या हो भने महिला सञ्चालकलाई पुरुष सञ्चालक सरह सहकारीका सबैखाले गतिविधिमा सहभागी नगराउनु अर्को समस्याका रूपमा रहेको उहाँको बुझाई छ । अन्य क्षेत्रमा जस्तै सहकारी संघ÷संस्थाहरुमा समेत महत्वपूर्ण र ठूला निर्णयहरु गर्दा महिला सञ्चालकलाई सही गराउनका लागिमात्र उपस्थित गराउने गरिएका कारणपनि महिला सहभागिता कम भएको उहाँको बुझाई छ ।

219Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement