0Shares

गोटावाया राजापाक्षेले श्रीलंका छाडेपछि राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्। बिबिसीका अनुसार उनले श्रीलंका छाडेपछि राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

राजापाक्षेले इमेलमार्फत् आफ्नो राजीनामा पत्र सभामुखलाई बुझाएको बिबिसीले जनाएको छ। सभामुखले कानुनी प्रक्रिया पुर्‍याएर राजापाक्षेको राजीनामाबारे शुक्रबार आधिकारिक घोषणा गरिने जनाएका छन्।

आफू पक्राउ पर्ने सम्भावना देखेर यसबाट बच्न उनले श्रीलंका छाडेको अनुमान गरिएको छ।

ष्लखयतभअज
दुई दिनअघि श्रीलंकाबाट भागेर माल्दिभ्स गएका राजापाक्षे बिहीबार सिंगापुर पुगिसकेका छन्।

उनलाई नीति भ्रमणका लागि प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुमतिमा उनी सिंगापुर गएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका हुन्।

राजापाक्षे बिहीबार साउदी विमानमार्फत् स्थानीय समयअनुसार बिहीबार बेलुका सवा सात बजे सिंगापुरको चाँगी विमानस्थलमा अवतरण गरेका हुन्।

लष्अ
श्रीलंकाबाट उनी श्रीमती र दुई अंगरक्षकसहित माल्दिभ्स पुगेका थिए। मालेबाट उनीहरू चारै जना सिंगापुर एयरलाइन्सको नियमित उडानमा सिंगापुर जाने भनिए पनि सुरक्षाका कारण देखाउँदै गएका थिएनन्। पछि उनीहरू साउदी एयरलाइन्समार्फत् सिंगापुर पुगेका हुन्।

राजापाक्षे सिंगापुरमा शरणार्थीका रूपमा पुगेका हुन् वा होइनन् भन्नेबारे कुनै आधिकारिक जानकारी नभएको सिंगापुरको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै उनी केही समय सिंगापुर नै बस्ने हुन् वा अन्तै जाने हुन् भन्नेबारे पनि कुनै यकिन छैन।

धेरैले उनी अर्कै ठाउँ जाने आकलन गरे पनि उनलाई कसले आफ्नो देशमा आउन अनुमति दिने हो भन्नेबारे अन्यौल छ। तर स्रोतहरूका अनुसार सिंगापुर सरकारले राजापाक्षेलाई लामै समय बस्न दिने बताएको बिबिसीले उल्लेख गरेको छ।

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षेलाई श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका थिए।

यसअघि उनका अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ। तत्कालीन राष्ट्रपति राजापाक्षेलाई रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिएको श्रीलंकाको सेनाले जनाएको छ।

सेनाले आफूखुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ।

राजापाक्षे, उनकी श्रीमती र दुई अंगरक्षकलाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो।

राजापाक्षेले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ। प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार आपतकालीन अवस्था घोषणा गरेका हुन्। सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ।

बुधबार भएको प्रदर्शनक्रममा एक जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएको बिबिसीले जनाएको छ।

राजापाक्षेले माल्दिभ्सबाटै प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका थिए। प्रदर्शनकारीहरूले विक्रमासिंघेको पनि राजीनामा मागिरहेका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement