0Shares

गरिवीको रेखामुनि रहेका जनताको घरदैलोमा पुग्छुः सहकारी मन्त्री पौडेल

११ असार, भरतपुर । वागमती प्रदेशका भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले सहकारी मार्फत गरिवीको रेखामुनि रहेका जनताको घरदैलोमा पुग्ने बताउनु भएको छ ।

गण्डकी बहुउदेश्यीय सहकारी संस्थाको नारायाणगढमा सम्पन्न प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री पौडेलले सहकारी संस्थाहरुले स्थानिय निकायका सरकारसँग समन्वय गरेर आर्थिक अनुशासन भित्र रहि उत्पादनको क्षेत्रमा लगानि बढाउन आव्हान गर्नु भयो । उहाँले बागमती प्रदेशका बाह्र हजार सहकारीलाई अनुगमन गर्ने संयन्त्रको बिकास गर्ने बताउनु भयो । सहकारीमा देखिएका बिकृतीलाई तत्काल निरुपण गर्न यो. संयन्त्रले काम गर्ने बताउनु भयो ।

जनताको आर्थिक अवस्था माथि उकास्न सहकारी उत्तम बिकल्प रहेको भन्दै मन्त्री पौडेलले बहुउदेश्यिय सहकारी संस्थाहरुले बचत तथा ऋणको मात्र कारोबार नगरी उत्पादनमुखि बन्दै रोजगार सृजना गर्नुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका रजिष्टार नारायण प्रसाद ज्ञवालीले सहकारीहरु पुँजिमुखी नबनी सदस्यमुखी बन्नुपर्ने बताउनु भयो । रजिष्टार ज्ञवालिले सदस्यहरुवीचको आर्थिक क्रिर्याकलापलाई बढाएर गरिव जनताई टेवा पुर्याउनुपर्नेमा जोड दिनु भयो ।

गण्डकी बहुउदेश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभामा संस्थाका कोषाध्यक्ष टिकाराम कंडेलले कोषाध्यक्षको प्रदिवेदन तथा सचिव श्यामबन्धु पोखरेलले सचिबको प्रतिबेदन पेश गर्नु भएको थियो ।संस्थाका अध्यक्ष शंकर नेपालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement