0Shares

लुम्विनी / लुम्विनी प्रदेश सरकारले चाकडी र भनुसनका आधारमा पदकहरु वितरण गरेको छ । पदक पाउने आधाभन्दा बढी कर्मचारी छन् ।

संघीय सरकारले वितरण गर्नेे गरेका मानवपदवी तथा अलंकारको वितरणमा हुने गरेको वेथिति जस्तै प्रदेश सरकारले वितरण गर्ने मानपदवीमा पनि वेथिति भित्रिएको छ ।

संघीय सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तिहरुलाई उनीहरुको योगदानका आधारमा मानपदवी तथा अंलकारले सम्मान गर्ने गर्दछ । तर, यस्ता सम्मान तथा अलंकार भनसुनका आधारमा चिनजानका व्यक्तिलाई प्रदान गरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । र, अब प्रदेश सरकारमा पनि ठ्याक्कै त्यही अवस्था भित्रिएको छ ।

लुम्विनी प्रदेश सरकारले संविधान दिवस २०७८ का दिन घोषणा गरेर प्रदेश स्थापना दिवसका अवसरमा वितरण गरिएका प्रदेश पदकहरु कामको मुल्याङ्कन भन्दा पनि चाकडी र भनसुनका आधारमा वितरण गर्ने गरिएको छ । संविधान दिवस २०७८ को अवसरमा लुम्विनी सरकारले घोषणा गरेको पद प्राप्त गर्ने नामावलीले पनि पदकको दुरुपयोग भएको देखिन्छ । लुम्विनी प्रदेश सरकारले विभिन्न ११ विधामा पदक वितरण गर्ने गर्दछ ।

५७ जनालाई प्रदान गरिएको ‘प्रदेश’ पदक प्राप्त गर्ने व्यक्तिहरु आधाभन्दा बढी सरकारी कर्मचारी रहेका छन् । पदक योगदानका आधारमा भन्दा भनसुन र चाकडीका आधारमा दिइएको छ । लुम्विनी प्रदेशसभाका लेखापाल आलोक अग्रहरीलाई समग्र आर्थिक प्रशासन, लेखापरिक्षण, बेरुजु फछ्र्यौट, बजेट निर्माण, सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्ने, आर्थिक श्रेष्ता दुरुस्त राख्न र आर्थिक परामर्श तथा योजना निर्माणमा सर्वाधिक सहयोग गरेवापत प्रदेश सेवा सर्मपण पदक प्रदान गरिएको उल्लेख गरिएको छ ।

अग्रहरी तिनै कर्मचारी हुन्, जसलाई प्रदेशसभामा भएको आर्थिक अनियमितताका बारेमा संलग्न भएको आरोपमा प्रदेश लेखा समितिले एक वर्ष अघि बयान लिएको थियो । विग्रंदै नविग्रेका सवारी साधनलाई पनि मर्मतका नाममा भुक्तानी दिएको, प्रदेशसभामा भएको खर्च भन्दा बढी भुक्तानी दिएको भन्दै छानविनका लागि समितिमा उजुरी परेको थियो । तर, समितिले छानविनका नाममा वयान मात्र लिएर उन्मुक्ति दिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको जिन्सि व्यवस्थापनको कार्य कुशलतापूर्वक गरेको भन्दै जिन्सी शाखाका प्रमुख डिलाराम भण्डारीलाई प्रदेश सेवा समर्पण पदक दिइएको छ । स्टोरकिपरका रुपमा कार्यरत उनलाई उत्कृष्ट कार्य गरेवापत दिइएको पदकबारे आफ्नो नाम उल्लेख गर्न नचाहने मन्त्रालयमै कार्यरत एक अधिकृत तहका कर्मचारी भन्छन् “मन्त्रालयमा खरिद गरिने हरेक सामानमा कमिशन खाने गरिन्छ । कमिशन बाहेक अरु केही नै चल्दैन । खरिदको डिल गर्ने र बील बनाउने काम स्टोरले गर्दछ ।”

आन्तरिक मामिला मन्त्रालयले पदकको सिफारिस गर्ने गर्दछ । तर, उक्त मन्त्रालयबाट पनि कामका आधारमा भन्दा आलोपालोमा पर्ने गरी आफ्नै कर्मचारीलाई पार्ने गरेको छ । गतवर्ष मन्त्रालयका स्टोरकिपर तथा कम्प्युटर अप्रेटर योगेन्द्र उपाध्यायलाई पदक दिइएको थियो । यसवर्ष देवीराम पाठकलाई प्रदेश समर्पण पदक दिइएको छ ।

प्रदेश स्थापना भएदेखि आन्तरिक तथा सञ्चार मन्त्रालयमा रही प्रशासनिक काम गरेको तथा प्रदेश सरकारका तर्फबाट आयोजना गरिने सभासमारोह कुशलतापूर्वक सम्पन्न गरेका आधारमा पदक दिइएको उल्लेख गरिएको छ ।

कर्मचारी भएवापत नियमित गर्ने कामलाई पनि अतिरिक्त कामको दर्जामा राखेर मुल्याङ्कन गर्नु उचित नहुने वुटवलका लेखक तथा राजनीतिक विश्लेषक ऋषि आजाद बताउँछन् । उनी भन्छन् “नियमित कामलाई अतिरिक्त काम गरेको भनेर देखाउनु अतिरञ्जना बाहेक केही होइन, सम्मानका लागि कर्मचारीको काम नागरिकले पत्याउने र विश्वास गर्ने खालको अतिरिक्त हुनुप¥यो ।”

आजाद यसवर्ष लुम्विनी प्रदेशले कामका आधारमा भन्दा पनि चाकडी र भनुसुनका आधारमा पदक वितरण गरेको बताउँछन् । “यसवर्ष राजनीतिकरण भएको छ । आफ्ना पक्षका कर्मचारी र आफ्ना पक्षका मानिसहरुलाई दिइएको छ,” आजाद भन्छन् “राम्रा कर्मचारीलाई पछि पारेर झोले कर्मचारीलाई पदक दिइएको छ । एक दुई जना अनुहार देखाउन राम्रा भएपनि समग्रतामा सन्तोषजनक छैन । साझा अनुभुती हुन सकेको छैन ।”

पदक सिफारिसको समयमा आन्तरिक तथा सञ्चार मन्त्रालयको सचिव रविलाल पन्थ थिए ।
उनका नातेदार यदुलाल पन्थले प्रदेश प्रज्ञा पदक पाएका छन् ।

सखय_१२_परदश_पदक_पहल_सशधन_ऐन_२०७८

सखय_०९_परदश_पदक_पउन_महनभवहरक__सचन-1

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement