0Shares

७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ ।

बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा जारी छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ । त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए । त्यसपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक अघि बिहान १० बजे प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement