0Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) समस्या पुनः बल्झिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक औजारहरु प्रयोग गरेर बैंकमा लगानी योग्य रकमको सहज बनाउने प्रयास गरे पनि त्यो धेरै दिन टिक्न नसकेको बैंकरहरुले बताएका छन् ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) समस्या पुनः बल्झिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक औजारहरु प्रयोग गरेर बैंकमा लगानी योग्य रकमको सहज बनाउने प्रयास गरे पनि त्यो धेरै दिन टिक्न नसकेको बैंकरहरुले बताएका छन् ।

अहिले बैंकहरु मंसिरकै अवस्थामा पुगेका छन् । मंसिरमा लगानी योग्य रकमको चरम अभाव भएको थियो । ‘पुस एक महिना केही सहज हुन खोजेको थियो,’ एक बैकरले

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम नहुँदै सरकारले आन्तरिक ऋण उठाउन थालेको छ । अहिले सरकारले ४७ अर्ब आन्तरिक ऋण उठाउन लागेको छ । त्यसैगरी, यही बेला बैंकबाट ठूलो रकम करको रुपमा सरकारी ढुकुटीमा गएको छ । त्यही भएर पनि बैंकमा पुनः लगानी योग्य रकमको चरम अभाव भएको ती बैंकरले बताए ।

अहिले बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी) ९०.५७ प्रतिशत पुगेको छ । मंसिरमा बैंकको सीडी ९१ प्रतिशत पुगेको थियो । यो बीचमा सरकारले स्थानीय सञ्चित कोषमा जाने रकमलाई ८० प्रतिशत निक्षेपमा गणना गर्न दिएपछि तरलतामा केही सहज भएको थियो ।

तर, पुस मसान्तमा सरकारलाई कर बुझाउनु परेको र यही बेला सरकारले आन्तरिक ऋण पनि उठाएकाले तरलतामा दबाब परेको हो ।
सरकारले बुधबार मात्रै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । त्यसबाट पनि तरलतामा गम्भीर असर परेका ती बैंकरले बताए ।

त्यसैगरी, बैंकहरुले बुधबार मात्रै १ खर्ब स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । यसबाट पनि तरलतामा चाप परेको देखिएको ती बैंकरले बताए । केन्द्रीय बैंकले आयातमा कडाई गरेको छ । तर, त्यसको असर देखिने बेला भइसकेको छैन ।

बैंकहरुले पुरानै एलसीको भुक्तानी गरिरहेका छन् । नयाँ एलसी खोल्न बैंकहरुले कडाई गरेका छन् । त्यसको प्रभाव आउन केही समय लाग्ने उनीहरुको भनाइ छ ।

बैंकहरुले साना तथा मझौला ऋणीलाई  थोरै ऋण दिइरहेका छन् । ठूला ऋणीले ऋण नपाएको धेरै भइसक्यो । तर, बैंकबाट प्रवाह हुने कर्जा ठप्प नभएको बैंकरहरु बताउँछन् ।

भने, ‘अहिले बैंकमा मंसिरकै अवस्था दोहोरिएको छ ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement