अनावश्यक लाइट ट्राफिकको नियन्त्रणमा
सुमन पराजुली
रामनगर, २६ माघ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले सवारी साधनमा आफूखुशी जडान गरिएका लाइटहरु झिकी आज आइतबार नष्ट गरेको छ । प्रदेश कार्यालय र यस मातहतका सबै दश जिल्लाबाट अभियानका रुपमा अनावश्यक लाईटहरु हटाउने कार्यक्रम सञ्चालन गरिएकाले रामनगरस्थित बिभिन्न संघ संस्था, स्थानिय निकायका जनप्रतिनिधिहरू, समाज सेवी तथा पत्रकारहरुको उपस्थितिमा ती सामग्री नष्टसमेत गरिएको हो ।
सवारी साधनहरूको बिभिन्न भागमा आफु खुशी आनावश्यक रुपमा जडान गरीएका फक्स लाईट, डिजिटल लाईटहरूको कारणबाट सवारी दुर्घटना बढिरहेको भन्ने जन गुनासाहरु आएकाले लाइट नष्ट गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि सारिएका पहरी निरिक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।
सडकमा भएका दुर्घटनाका प्रकृति अनुसन्धान गर्दा पनि सवारी साधनमा जडान गरिएका यस्ता लाइटका कारणबाट दुर्घटनाहरू भएको पाईएको पनि कार्यालयले जनाएको छ । यातायात व्यवस्था विभागको समेत निर्देशनअनुसार सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यअनुरूप गएको पुस १६ गतेदेखि माघ २५ गतेसम्म अभियानका रुपमा अनावश्क लाईटहरू हटाउने कार्यक्रम संचालन गरिएको थियो । करिब दुई हजार सवारी साधनहरुबाट २५०० थान लाईटहरू निकाली रामनगरस्थित काली खोल्सी किनारमा संकलित सामग्री खाडल खनी नष्ट गरिएको थियो ।


सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















