0Shares

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले दुई निर्वाचन क्षेत्रबाट लोकसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। अध्यक्ष राहुलले उत्तर प्रदेशको अमेठीबाट र केरल राज्यको वायनाडबाट उम्मेदवारी दिएका हुन् । राहुलले पहिलोपटक अमेठीभन्दा बाहिर उम्मेदवारी दिएका हुन।

कांग्रेसले हालसम्म ३४९ उम्मेदवारको नाम तय गरेको छ। राहुलले उम्मेदवारी दिएको वायनाड निर्वाचन क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। उक्त निर्वाचन क्षेत्रले केरल, कर्नाटक र तमिलनाडु राज्यको सीमानालाई जोड्छ। राहुल उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बनेपछि अन्य राज्यमा पनि कांग्रेसको पक्षमा माहोल बन्ने विश्लेषण गरिएको छ। यो निर्वाचन क्षेत्र सांस्कृतिक रूपमा पनि महत्वको मानिएको छ। यो क्षेत्रले भौगोलिक र सांस्कृतिक रूपमा पूरै दक्षिण भारतको प्रतिनिधित्व गर्ने बताइएको छ।

यता सत्ताधारी दल भारतीय जनता पार्टीले भने राहुल गान्धी अमठीमा पराजित हुने भयले वायनाड गएको आरोप लगाएको छ। भाजपा अध्यक्ष अमति साहले राहुल गान्धी अमेठी छोडेर भागेको भन्दै व्यंग गरेका छन्। राहुल अमेठीबाट सन् २००४ यताका तीन लोकसभा निर्वाचनमा विजयी भएका सांसद हुन। यो निर्वाचनमा अमेठीमा भाजपाले केन्द्रीय मन्त्री तथा विगतमा राहुलसँग पराजित भएकी स्मृति ईरानीलाई उम्मेदवार बनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement