आजपनि देशका विभिन्न स्थानमा भारी वर्षा‚ सतर्कता अपनाउन आग्रह
काठमाडौं,जेठ १४-
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा‚ उच्च वेगको हावाहुरी र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै‚ प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात रहेकाले पनि सतर्कता अउपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार अहिले देशभर चक्रवात यास मउत्तर(पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै‚ देशभर मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित खवर
-
चितवन, असोज ५ – केराको उत्पादन ...
-
भरतपुर ०५ असोज। फेन्सी बचत तथा ...



















