ओलीलाई सच्चिन नेपालले दिए ९ बजेसम्मको समय
काठमाडौं,बैशाख २७-
विभाजनको डिलमा पुगेको नेकपा (एमाले) जोगाउन आइतबार अन्तिम कसरत भए । त्यसकै प्रयास स्वरुप पार्टी अध्यक्ष केपी ओलीका प्रतिनिधि बनेर विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदबार पुगेर नेता माधव नेपालसँग र्वाता गरे ।
वार्ता सकरात्मक नभएपछि ओलीले पार्टी एकताको पक्षमा भन्दै अपील सार्वजनिक गरे । ‘कसैलाई पनि काखा पाखा गर्दिनँ’ भनिएको अपीलमा नेपाल पक्षलाई संकेत गर्दै पार्टीलाई फुटाउन अनेक काम गरेको आरोप लगाइएको छ ।
सिंहदरबारमै चलेको करिब साढे ३ घण्टाको छलफलमा सांसदलाई वार्ताबारे ‘ब्रिफिङ’ गर्दै नेपालले वार्तामा केही पनि नयाँ कुरा नआएको र अब मिल्ने सम्भावना सकिएको बताएका थिए । नेता नेपालको ‘ब्रिफिङ’पछि भोलि सोमबार ९ वेजसम्मको अल्टिमेटम दिने, केपी ओलीबाट सर्त सम्बोधन नभए त्यसपछि साढे ९ बजे सांसदको बैठक बसेर सामूहिक राजीनामा दिने समझदारी बनेको थियो । अन्तिममा नेपाल पक्ष अब अर्को पार्टी बन्ने नै भएपछि सबैले सामूहिक राजीनामा दिने भन्ने समझादरीमा पुगेको छ ।
सम्बन्धित खवर
-
चितवन,असोज ११- चितवनको ...
-
चितवन- नेपाली काँग्रेसको १५औँ ...



















