0Shares

काठमाडौं, वैशाख २६
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको उनले जनाए । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जनालाई आज जोडिएको उनले बताए । यसलाई जोड्दा आज मृतक संख्या ८८ थपिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement