ओली र नेपालबीच पार्टी कार्यालयमा छलफल हुने
काठमाडौं -विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ । स्रोतका अनुसार उहाँहरु बीच पार्टी कार्यलय थापाथलीमा भेटघाट हुने तय भएको छ । ‘समय तय भएको छैन । तर आज पार्टी कार्यलय थापाथलीमा उहाँहरु बीच भेटघाट हुन्छ’ स्रोतले भन्यो ।
विवाद साम्य हुने संकेत
एमालेमा भएको तिव्र विवाद साम्य हुने संकेत देखिएको छ । हिजो दोस्रो तहका नेताहरुको मेरियट भेटघाट र बरिष्ठ नेता माधव नेपालले राष्ट्रपतिसँग भेटघाट गरेपछि विवादको ग्राफ ओरालो झर्ने संकेत देखिएको हो ।
‘उहाँहरु बीच करिब पौने दुई घण्टा एक्ला एक्लै भेटघाट भएको छ’ राष्ट्रपति नेपाल भेटघाट बारेमा जानकारी दिंदै राष्ट्रति कार्यलय स्रोतले नेपाली बहस डट कमसँग भन्यो ‘भेटको धेरै समय नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको गुनासो पोख्नुभयो । त्यसपछि सहमतिका लागि पहल लिइदिन राष्ट्रलाई आग्रह गर्नुभएको बुझिएको छ ।’
स्रोतहरुले माधव नेपाल शितल निवासबाट बाहिरिएपछि प्रधानमन्त्री ओली शितल निवास गएको दाबी गरे पनि यसको पुष्टी भएको छैन । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच हिजो टेलिफोनमा संवाद भएको छ । ‘प्रधानमन्त्रीले टेलिफोनमा कुरा गर्ने बिषय हिजै स्थायी कमिटी बैठकमा भन्नुभएको थियो’ नेम्वाङले भन्नुभयो ‘मैले बुझे अनुसार आज पनि संवाद निरन्तर जारी रहन्छ ।’
एमाले स्थायी कमिटी सदस्य गोकर्ण विष्टका अनुसार दुवै पक्ष सहमतीको लागि लचिलो बन्दै गएकोले अब सम्भावना बढेको छ । ‘दुवै पक्षले एक अर्काको अभावमा पार्टी कमजोर हुने महसुष गरेको देखिन्छ’ बिष्टले भन्नुभयो ‘यो रियलाइजेसनले पार्टीलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । आशा छ ,आजै सकारात्मक परिणाम आउछ ।’
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















