प्यूठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो
0Shares
१ वैशाख, काठमाडौं । प्यूठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बुधबार दिउँसो भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















