दोलखामा जिप दुर्घटना हुँदा चारको मृत्यु, १५ जना घाइतेलाई काठमाडौं ल्याइयो
दोलखामा यात्रुबहाक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्।
प्रदेश ३-०१-०२३-च-७५८० नम्बरको जिप सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको विगु गाउँपालिकातर्फ जाँदै गर्दा सोमबार राति करिब ११ बजे सिँगटीमा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।
दुर्घटनामा परेका दुई जना घाइते चरिकोट अस्पतालमा उपचारपछि घर फर्केका छन्। १० महिनाको एक बालक पनि घाइते छन्। उनलाई थप उपचार गर्न परिवारले लगेका छन्।जिपमा २२ यात्रु सवार थिए। जिप अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममा: एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले सेतोपाटीलाई बताए।
उनकाअनुसार २४ वर्षकी चण्डिका थापा, ४५ वर्षकी अजिता खत्री, ५२ वर्षकी राधा खड्का, ३५ वर्षका मिलन केसीको मृत्यु भएको छ। उनीहरू दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ का हुन्।
जिपका चालकसहित १५ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















