0Shares
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साता हुने भएकाे छ ।
बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडकाे स्राेतले जानकारी दिएकाे छ । हाल संस्थाकाे आइपीओकाे डाटा भेरिभाईको काम भइरहेकाे छ । भेरिभाईको काम सकिए लगत्तै प्रि–अलोटमेण्ट गरिनेछ ।
संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















