धनुषामा मृत भेटिए एक पुरूष
0Shares
धनुषामा एक जना पुरूष मृत फेला परेका छन्। शुक्रबार बिहान सबैला नगरपालिका-१२ रघुनाथपुर नहर चोकमा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपेशकुमार खड्काले जानकारी दिए।
मृतक अन्दाजी ४४ वर्षीय बण्ठु राउत छन्। एसपी खड्काले घटनाको थप अनुसन्धान भइरहेको बताए। ‘सामाजिक सञ्जालमा आएका धेरै सत्य कुरा सत्य छैनन्। मृतक पूजारी होइनन्। सुतेको अवस्थामा मृत भेटिएका छन्,’ उनले भने।
डिएसपी मधुसुधन न्यौपाने जारी गरेको विज्ञप्तिमा मृतक घुमेर हिँड्ने व्यक्ति रहेको खुलेको उल्लेख छ। ‘उनको अनुहारमा चोट भने देखिएको छ,’ उनले भने।
0Shares
सम्बन्धित खवर
-
भाग्यश्वरी गायक चितवन, साउन १५ — ...
-
काठमाडौँ, साउन १५- आफ्ना माग ...


















