चितवनको नारायणीसहित यी जिल्लामा आज बाढीको जोखिम
चितवन, असार २९-
मनसुन सक्रिय हुँदा देशका धेरै स्थानमा निरन्तर पानी परिरहेको छ । वर्षासँगै नदी तथा खोलानाला पानीको बहाव बढेको छ । सोमबार (असार २९) पनि देशका केही जिल्ला भई बहने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, मकवानपुर, गोरखा, लमजुङ, धादिङ, कास्की, पर्वत, म्याग्दी, पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, बारा, पर्सा, रौतहट, पाल्पा, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित खवर
-
२९ असार, काठमाडौं । अनलाइनखबर, ...
-
भरतपुर, असार चितवन प्रहरीले ...
















