ट्राफिकले आर्थिक प्रलोभन अस्विकार गर्दा राजस्व बढ्यो
चितवन, – बागमती प्रदेश उपत्यका बाहिरका दश जिल्लामा ट्राफिकलाई दिइने आर्थिक प्रलोभन अस्विकार गरेर १३ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सो जानकारी दिएका हुन् । उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ हजार २५७ जना सवारी चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । तर उक्त प्रलोभनलाई अस्विकार गरी ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
कोइरालाका अनुसार १ हजार २५७ जनाले दिन खोजेको रकमलाई जोड्दा २ लाख ८८ हजार ७५० रुपैयाँ हुन्छ । उक्त रकमलाई अस्विकार गरी ट्राफिक प्रहरीले घुस दिन खोज्नेलाई लगाएको जरिवानाबापत १३ लाख ३६ हजार राजस्व संकलन गरेको हो ।
आन्तरिक शुद्विकरण अभियान चलाएर ट्राफिक प्रहरीलाई प्रलोभनमा नपर्न निर्देशन गरिएको प्रमुख कोइरालाले जानकारी । यदि आर्थिक प्रलोभनमा परी घुस लिएमा ट्राफिक प्रहरीलाई कारवाही गर्ने गरिएको उनले बताए । आफ्नो गल्ती छुपाउन वा गल्तीबाट छुटकरा पाइन्छ की भन्ने आशले चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न वा घुस दिन खोज्छन् ।
चालु आवको ६ महिनाको अवधिमा कार्यालय मातहतका १० जिल्लाबाट कुल १० करोड १२ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक कोइरालाले जनाए ।ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ११ हजार ४१२ वटा सवारी साधनलाई गरिएको कारवाहीबाट सो रकम संकलन गरिएको हो ।

सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















