0Shares
काठमाडौं,माघ १३-
कक्षा १२ को नतिजा भोलि बुधबार सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको हो । कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो ।
नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















