0Shares

नयाँनयाँ ठाउँमा घुम्न जान मन नपराउने शायदै कम हुन्छन् । बढ्दो व्यस्तताका बाबजुद केही समय निकालेर साथीभाइ, परिवारसँग घुम्न जानुको मज्जा बेग्लै हुन्छ । घुम्न जाँदा मज्जा त हुन्छ नै, केही सावधानी अपनाउन सकिएन भने ठूलो समस्यामा पनि पर्न सकिन्छ । त्यसैले तपाईं पनि कहीँकतै घुम्न जाने योजनामा हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् । जसले तपाईंको भ्रमणलाई सफल बन्न सघाउँछ ।

घुम्न जाँदा ध्यान दिनुपर्ने कुराहरू:

यात्रा तय गर्नुस्

यदि तपाईं पहिलो पटक एक्लै घुम्न जाँदै हुनुहुन्छ टाढाको यात्रा तय नगर्नुहोस् । आफ्नो नजिकैको ठाउँमा जाने योजना बनाउनुहोस् । जसले तपाईंलाई टाढा जाँदा केही न केही अनुभव मिल्छ ।

सामानको व्यवस्थापन

एक्लै घुम्न जाँदा आफूले लिएर जाने सामान सकेसम्म कम लाने प्रयास गर्नुस् । यसो गर्दा तपाईंको यात्रा धेरै सहज बन्छ । साथै सामानको सुरक्षामा पनि ध्यान दिन सजिलो हुन्छ ।

घुम्ने ठाउँको जानकारी लिनुहोस्

घुम्न जाने ठाउँका बारेमा जानुअघि जानकारी लिनुहोस् । इन्टरनेटको माध्यमबाट यी जानकारीहरू सजिलै लिन सकिन्छ । यसो गर्दा यात्रामा जाँदा तपाईंको समयको पनि सदुपयोग हुन्छ ।

बुुकिङ गर्नुहोस्घुम्न जाने ठाउँको टिकट बुक गर्नेदेखि लिएर बस्ने ठाउँका बारेमा बुझेर त्यसलाई व्यवस्थित गर्नुभयो भने तपाईंको यात्रा साँच्चिकै आन्दमयी र तनावरहित हुनेछ ।

फोन नम्बरको टिपोट गर्नुहोस्

जहाँ जाने भए पनि आपत्कालीन फोन नम्बरहरू पहिले नै नोट गरेर राख्नुस् । जसले तपाईंलाई केही समस्या परिहाले सम्पर्क गर्न सजिलो हुन्छ ।

खर्चको अनुमान गर्नुहोस्

कहाँ जाने हो ? कति दिन बस्ने हो ? यस्ता कुरामा विचार गरेर खर्च व्यवस्थापन गर्नुपर्दछ । किनकि यात्राका क्रममा पैसाको अभाव भयो भने यात्रा अपूरो र खल्लो हुन सक्छ ।

अनावश्यक किनमेल नगर्नुहोस्

घुम्नका लागि बाहिर निस्कँदा अनावश्यक कुराहरू किनमेल नगर्नुहोस् । यसबाट पैसा र समय दुवै बच्छ । बचेको समय अरु कुनै ठाउँ घुम्नमा प्रयोग गर्न सकिन्छ ।

औषधि साथमा राख्नुहोस्

यात्रामा निस्कँदा स्वास्थ्यको विशेष हेरविचार गर्नुपर्छ । यात्रामा जाँदा वाकवाक लाग्ने, टाउको दुख्ने, पेट दुख्नेजस्ता समस्याहरू देखा पर्न सक्छन् । जसले गर्दा यात्रा बोझिलो हुन सक्छ । यस्तो अवस्थामा साथमा पानी, जीवनजल, सिटामोललगायतका औषधि साथमा राख्नु वेश हुन्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement