चितवन, माघ १२-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अनेरास्ववियूले आज जिल्लास्तरीय अगुवा विद्यार्थी भेला गरेको छ । देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न पार्टीका केन्द्रीय नेताहरुको सहभागितामा सो भेला गरिएको हो ।
भेलामा नेकपा केन्द्रीय सदस्यहरु पार्वती रावल, पुरुषोत्तम न्यौपाने, सुनिता अधिकारी, अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य निशा अधिकारी, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य देवप्रकाश पाठक र अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य ऋषि रेग्मीले सम्बोधन गरेका थिए । भेलाले चितवनका अनेरास्ववियू समर्थकहरुलाई एकताबद्ध गर्दै भावी कार्यक्रमहरु सञ्चालन गर्न प्रेरणा मिलेको अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले बताए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















