ओली समूहले खोल्यो चितवनमा सम्पर्क कार्यालय
भरतपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको ओली समूहले भरतपुर १० रिजालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पार्टीका गतिविधिहरुलाई अगाडि बढाउन जिल्ला कमिटिको कार्यालय स्थापना गरिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन समिती संयोजक पार्बती रावलले जानकारी गराइन ।
निर्वाचन आयोगले आधिकारिता नदिंदा सम्मका लागि अस्थायी कार्यालय स्थापना गरिएको पनि उनले बताइन् । नेकपाभित्र विवाद आएपछि साविक एमालेको मदननगरस्थित पार्टी कार्यालय यतिबेला बन्द छ । सो कार्यालयमा ओली पक्ष र प्रचण्ड- माधव पक्षले आफ्नो भनी दावी गरेका थिए । सो कार्यालयलाई दुवै पक्षले दावी गरेपछी थप झडप हुन नदिन सो प्रहरीले थप सुरक्षा दिइरहेको छ । कृष्णपुरस्थित नेकपा पार्टी कार्यालयमा भने प्रचण्ड माधव पक्षले कार्यालय राखेको छ । साविक माओवादीको सो कार्यालयलाई भने ओली पक्षले दावी गरेको छैन ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















