काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई ‘सामान्य’ भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका छन्।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुक्रबार आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘आज अलिअलि मान्छे जम्मा गरेछन्। तर वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–माधव पक्षले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिने गरी ओली पक्षले माघ २३ गते काठमाडौं विशाल जनप्रदर्शनको तयारी गरेको जनाएको छ।
सम्बोधनका क्रममा ओलीले भने ‘देशभरीबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ उनले सडकबाट अदालत र संवैधानिक निकायलाई धम्की नदिन समेत उनले चेतावनी दिए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















