0Shares

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौमा हुदैछ ।भेलामा सहभागी हुन देशभरबाट प्रतिनिधीहरु काठमाडौ पुगिसकेका छन । कतिपय जिल्लाबाट प्रतिनिधि आउने क्रम चलिरहेको छ । कार्यक्रम आज ८ गते निर्धारित समय ११ बजे नै शुरु हुने भएकोले १०ः३० बजे राष्ट्रिय सभागृहमा प्रवेश गरिसक्नुहुन संगठनका केन्द्रीय सहसयोजक गणेश बस्नेतले अनुरोध गरेका छन । बस्नेतका अनुसार केन्द्रीय कमिटीका सदस्यहरु ९ः३० देखि १० बजेभित्र सभागृहमा अनिवार्य उपस्थिति हुनुहुन अनुरोध गरिएको छ ।
कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल, माननीय गृहमन्त्री रामबहादुर थापा बादल, माननीय अर्थमन्त्री विष्णु पौडेल, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझी, माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र माननीय सञ्चारमन्त्री पार्वत गुरुंगको समुपस्थिति रहनेछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement