पत्रकार हिरालाललाई गरिएको दुर्व्यवहारप्रति युनियनको आपत्ति
चितवन, १४ पुस । नारायणी अनलाईनमा कार्यरत पत्रकार हिरालाल आचार्यमाथि भरतपुर महानगरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्र्सन गरेको छ । युनियनले आज मंगलबार एक विज्ञप्ति प्रेषित गर्दै नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न लगाएर भएको दुव्र्यवहारप्रति भत्र्सना गरेको हो ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ “भरतपुरको चौबिसकोठीमा ठेलामा फलफूल बिक्री गरिरहेका ब्यवसायीलाई नगरप्रहरीले लखेटिरहेको तस्विर खिच्दा भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दछौं ।” युनियनले समाचार संकलनको क्रममा सञ्चार सामग्री नियन्त्रणमा लिएर तस्वीर हटाउने काम निन्दनीय र खेदजनक भएको जनाएको छ । यो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै विज्ञप्तिमा त्यस कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न महानगरपालिकासँग माग गरिएको छ ।
स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यहार हुनु निन्दनीय हुने जनाउँदै विज्ञप्तिमा कुनै पनि घटनाबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम पत्रकारहरुमा अनुरोध गरिएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















