ओली पक्षले लगाएको ताला प्रचण्ड पक्षले फुटाले
0Shares
चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता बिहान गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।
पार्टी कार्यालयमा कोई नभएको मौका छोपी ओली पक्षधर युवा नेताहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।नेकपा ओली तथा प्रचण्ड माधव समुह दुई पक्षमा बाँडिएपछि विभिन्न पाटी कार्यालयहरुमा ईतर समुहले तालाबन्दी गर्दै आएका छन् । पार्टीको आधिकारिताका विषयमा भने निर्वाचन आयोगले अहिले सम्म केही निर्णय लिन सकेको छैन् । यता भने दुवै पक्षले भने नेकपा वैधानिक तवरले आ–आफ्नो पार्टी रहेको दाबी गर्दै आईरहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
२९ असार, काठमाडौं । अनलाइनखबर, ...
-
भरतपुर, असार चितवन प्रहरीले ...

















