11Shares

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्‍याइएको छ ।

पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी कृष्ण कँडेलसहित १६ जना छन् ।

उनीहरूले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै ‘संसद् विघटन लाेकतन्त्रको सबैभन्दा ठूलो उपहास’ भएको जनाएका छन् ।

सरकारको उक्त कदमको सत्तारूढ नेकपा र अन्य राजनीतिक दलले पनि विरोध जनाएका छन् ।

 

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement