पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी
माडी २८ मंसिर । सञ्चारकर्मी नारायण सापकोटाले नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिबार आयोजित साधारण सभामा सम्मानित हुदाँ प्राप्त गरेको नगद पुरस्कारको रकमबाट बालबालिकाहरुलाई स्टेशनरी वितरण गरेका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका पुर्व सचिव नारायण सापकोटाले स्वर्गीय तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुदाँ प्राप्त गरेको रकमबाट माडी नगरपालिका वडा नं ९ को राइडाँडामा बसोबास गरिरहेका ६५ जना सुकुम्बासी चेपाङ बालबालिकाहरुलाई अाइतबार स्टेशनरी वितरण गरेका हुन् ।
स्टेशनरी सामान वितरण गर्दै नारायण सापकोटाले बालबालिकाहरुलाई पढाइमा सहयोग होस् भन्ने उद्देश्यले अति बिपन्न सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई सहयोग गरेको बताउनुभयो । उहाँले माडी ९ का सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई पढाइमा समस्या भएकोले सहयोग गर्न समेत सहयोगी महानुभावहरुलाई आग्रह गर्नुभयो ।
पुरस्कारको रकमले बालबालिकाहरुलाई सहयोग गरेकोमा माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकाल, उपमेयर ताराकाजी महत्तो, माडी नगरपालिका प्रवक्ता शिवहरी सुवेदी, नेकपा नेताहरु अोमनाथ पाण्डे, नारदमणि पौडेल, लायन्स क्लब अफ माडी ग्रीनका अवडा सदस्य पूर्णीमाया चेपाङ लगायतले धन्यवाद ज्ञापन गर्नुभयो ।
स्टेशनरी वितरण कार्यक्रममा चितवन समाज जापानका महासचिव हरिचन्द्र पौडेल, चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















