0Shares

काठमाडौं, । नेपाली काँग्रेस सरकारविरुद्ध आन्दोलनमा उत्रिएको छ । काँग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुग्दा अवरोध गरी प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोधमा प्रदर्शन तय भएको जनाइएको छ । काँग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम समेत ल्याउने तयारी गरेको छ ।

यसैगरी, काँग्रेस बैठकले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई हुँदा संसदीय गतिविधि ठप्पप्रायः छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement