136Shares

सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पोखरेलले भने, ‘कोभिड १९ को महामारीको समयमा आमनागरिकको उपचारमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने समयमा संसद् सदस्यलाई दिइएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय न्यायोचित हुन्छ । तसर्थ पार्टीका शीर्ष नेताले मैले भत्ता छोडेँ भनेर भन्ने होइन, यो भत्ता फिर्ता गरेर कोभिड उपचारमा लगाऊँ भनेर सम्माननीय सभामुख र अध्यक्षलाई अनुरोध गर्नु उपयुक्त हो भन्ने ठान्दछु । मेरो तर्फबाट मैले प्रयास गरिसकेको छु, आशा गरौँ, केही दिनमा नै भत्ता फिर्ता गर्ने निर्णय हुनेछ, नभएमा मेरो दसैँ भत्ता कोभिड उपचारका लागि अस्पताल वा आइसोलेसन केन्द्रमा खर्च गर्ने प्रतिबद्धता गर्दछु ।’

136Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement