‘मन लगाऊ, मुटु बचाऊ’ नाराका साथ साइकल गुडाइयो
भरतपुर, १३ असोज ।
विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल ¥याली सम्पन्न गरेको छ । ‘एक सपना साईकल र सफा नेपालको’अभियान समेतको संयुक्त आयोजनामा “मन लगाऊ, मुटु बचाऊ” भन्ने नाराका साथ मंगलबार सचेतनामूलक साईकल ¥याली सम्पन्न गरिएको हो ।
बिहानको ७:०० बजे भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणघाट बसपार्कबाट सुरु भएको ¥याली दियालो रोड, मेनरोड, पुलचोक, शहिदचोक, बस टर्मिनल चोक, बाईपास रोड, आपटारी हुँदै पुनः नारायणघाट बसपार्कमा पुगेर समापन गरिएको हो। ¥यालीमा ७८ जना साइक्लिष्टसँगै करिब १०० जनाले उपस्थिति जनाएका थिए । औपचारिक कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला सभापति नारायण सिंह कुंवर, केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक भोजराज कौडेल, प्रदेश सचिव लिलाराज खरेल तथा एक सपना साईकल र सफा नेपालकी अभियन्ता रूक्मिणी सापकोटा घिमिरेले साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका थिए ।
हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ । मुटुरोगका कारण विश्वभर हरेक वर्ष करिब १ करोड ८० लाख मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















