4Shares
काठमाडौं : जनरल इन्सुरेन्सको आइपीओमा आक्रामक रुपमा आवेदन परेको छ । दोस्रो दिनमा मात्रै ४ लाख जना भन्दा धेरैले आवेदन दिएका छन् । सीडीएसका अनुसार सोमबार ५ बजेसम्म १ अर्ब ४५ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ५ लाख १० हजार १०६ जनाले १ करोड ४५ लाख ७८ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ५.३४ गुणा बढी आवेदन हो । पहिलो दिन आइतबार १ लाख जनाले यसमा मात्र आवेदन दिएका थिए ।
जनरलले  असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । यस इन्सुरेन्सले जारी गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४% सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
4Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement