89Shares

धेरै मानिसको आफ्नो रुचिको विषयमा पिएचडी गर्ने इच्छा भएपनि सबैले सक्दैनन । जस्का लागि कडा मेहेनत र लगनशिलता आवश्यकता पर्छ । कतिलाई भाग्यले पनि साथ दिदैन । हालै मात्र चितवन राप्ती नगरपालिका वडा नं. ७ स्थायी बसोवास भएका सरोज कँडेलले आफ्नै गाउँठाउको विषयमा पिएचडी गरेका छन् । उनि वसेको अनि हुर्केको ठाँउ विश्वकै उत्कृष्ट गन्तव्य मध्ये एक चितवन राष्ट्रिय निकुञ्ज संगै जोडिएको छ। कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका हुन् ।

सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। मिलनसार अनि मेहेनती कँडेल जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताउछन् । अध्ययन संगै सामाजिक कार्यमा समेत कृयाशिल कँडेल जापानमा विद्यार्थीहरुको संस्था नेसाजका पूर्व अध्यक्ष, एनआरएनए जापानका पूर्व सचिव, चितवन समाज जापानका पूर्व अध्यक्ष लगाएत जिम्वेवारीमा बसेर काम गरिसकेका छन्। जापनिज भाषामा राम्रो दख्खल भएका कँडेल विभिन्न समयमा नेपाल अनि नेपाली चिनाउनका लागि दोभाषेको रुपमा पनि काम गर्ने गरेको बताउछन् ।

जापानबाट सिकेको ज्ञान नेपालमानै गएर सदुपयोग गर्नु पर्ने धारण राख्ने कँडेल निकटभविश्यमानै नेपाल फर्केने बताउछन् । धेरै नेपालीहरु विदेशमै पलायन भई रहेको अवस्थामा विदेशमा आर्जन गरेको ज्ञान, सिप अनि धन नेपालकै लागि लगाउन उनको सुझाव छ।

89Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement