सिएमसिबाट पिसिआर रिपोर्ट नआउँदा बिरामी मर्कामा
भरतपुर । चितवन मेडिकल कलेजले दुई घण्टामै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिने भनिएपनि चार दिनदेखि बिरामीहरु पिसिआर रिपोर्टको पर्खाईमा छन् ।
पिसिआर परिक्षण गर्ने मेसिनको मर्मत गर्नुपर्ने भएकाले नतिजा आउन ढिलाई भईरहेको कलेजले जनाएको छ । यद्दपि मेसिन मर्मत गर्नुपर्ने भए बिरामीको स्वाब लिनुभन्दा पहिले नै जानकारी दिनुपर्ने बिरामीहरुको भनाई छ ।
अस्पतालले समयमा नै ‘मेसिन मर्मत गर्नुपर्ने भएकाले परिक्षणको नतिजा आउन ढिलाई हुनेछ’ भनि सूचना ननिकाल्दा बिरामीहरु समस्यामा परेका हुन् । कतिपयको अहिले निर्धारित अपरेसन रोकिएको छ । आइसियूमा उपचाररत कतिपय बिरामीहरुको थप उपचार हुन पाएको छैन । डायलोसिस गर्नुपर्ने बिरामीको पनि डायलोसिस हुन पाएको छैन ।
कलेजले अन्तिम पटक भदौ ३१ गतेभित्र स्वाब दिएका बिरामीको मात्र पिसिआर परिक्षणको नतिजा आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको छ । यसपछि भने कलेजले रिपोर्ट सार्वजनिक गर्न सकेको छैन । तर बिरामीसँग कोरोना परिक्षणको नाममा कलजेले असोज १ गतेदेखि नै अहिलेसम्म पनि स्वाब संकलन गरिराखेको छ । यद्दपि रिपोर्ट भने सार्वजनिक भएको छैन । नियमित रुपमा पिसिआर रिपोर्ट सार्वजनिक गर्दै आएको कलेजको फेसबुक पेजमा आईतबार राती ९ बजे मात्र ‘मेसिनको नियमित मर्मत गर्नुपर्ने भएकाले’ रिपोर्ट आउन ढिलाई भएको जानकारी गराएको थियो ।
कलजले ढिला गरी सूचना प्रकाशित गरेपछि कलेज प्रशासनप्रति बिरामीहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कलेजको फेसबुक पेजमा गएर समेत आक्रोश पोखेका छन् ।
‘यो सिएमसीको नाटक हो, हामीलाई अग्रिम जानकारी दिनुपथ्र्यो ।’–राज श्रेष्ठले सिएमसी प्रशासनसँग आक्रोश पोख्दै भने ।
श्रेष्ठको जस्तै समस्या कवि अर्याललाई पनि छ । अर्यालको बिरामी अहिले आइसियुमा उपचाररत छन् । पिसिआर रिपोर्टबिना आइसियुमा भएका उनको बिरामीको पनि थप उपचार हुन सकेको छैन । ‘मान्छे आइसियुमा राखेको छ । रिपोर्ट नआएको चार दिन भयो । डाक्टरले हेर्न मानेको छैन । मान्छेको ज्यान जान लागिसक्यो ।’–अर्यालले भने ।
चितवनको पुरानो मेडिकल कलेजमा नियमित डायलोसिस गराइरहेकी लक्ष्मीदेवी पराजुलीको पनि फिष्टुलामा समस्या भएका कारण भरतपुरमा डायलोसिस हुन सकेन । डाक्टरले काठमाडौँ रिफर गरे । काठमाडौँको मनमोहन भास्कुलर ट्रान्सप्लाण्ट सेण्टरमा पिसिआर रिपोर्ट लिएर आउनु भनेपछि गएको शुक्रबार चितवन मेडिकल कलेजमा स्वाब दिएर सोमबारको अपरेशन भेट्न काठमाडौँ गएकी उनको पनि पिसिआर रिपोर्ट नआउँदा अपरेसन हुन सकेन । नियमित रुपमा गर्दै आएको डायलोसिस पनि रोकिएको छ ।
‘मेडिकल कलेजले बिरामीको स्वास्थ्यमाथि गरेको यो निकै ठूलो खेलवाड हो । स्वाब दिने बेलामा भोलीपल्टै आउँछ भन्ने, अहिले आएर मेसिन बिग्रियो भन्ने ?’– शुक्रबार नै स्वाब दिएर उपचारका लागि काठमाडौँ गएका जीवनाथ पराजुलीले पनि यसरी कलेज प्रशासनसँग पीडा पोखे ।
कलेजका प्रवन्ध निर्देशक डाक्टर हरिश न्यौपानले पनि कलेजमा सञ्चालनमा आएको पिसिआर ल्याब बिग्रेकाले रिपोर्ट आउन ढिला भएको स्वीकारे । ‘प्राविधिक कुरा हो । कहिले मर्मत गर्नुपर्छ, कहिले बिग्रन्छ । जसका कारण ढिला हुन पुगेको हो । बिरामीको स्वास्थ्यमाा खेलवाड गर्न खोजिएको होइन ।’–डा. न्यौपानले भने ।
मेसिन मर्मतको काम सकेपछि छिटो भन्दा छिटो रिपोर्ट सार्वजनिक गर्ने पनि उनले बताए । ‘अब आज राती १२ बजेभित्रमा सबै रिपोर्ट क्रमशः सार्वजनिक गर्ने तयारीमा छौँ ।’–उनले भने ।
कलेजले हाल दुई हजार रुपियाँ लिएर पिसिआर परीक्षण गर्दै आएको छ । चितवनमा मेडिकल कलेजबाहेक भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी मेमोरियल क्यान्सर अस्पतालमा पिसिआर परीक्षण हुँदै आएको छ ।
चितवन मेडिकल कलेजमा भने ‘¥यापिड एण्टिजेन टेष्ट’मार्फत दुई घण्टामै पिसिआर रिपोर्ट सार्वजनिक गर्ने बताएपनि यो काम प्रभावकारी रुपले सम्पन्न भने हुन सकेको छैन । यस्तो टेष्टको तीन हजार रुपियाँ पर्ने कलेजले जनाएको छ ।
‘



















