साइकल किन्न बिनाब्याज लोन
नविल बैंकले साइकल किन्न लोन दिने भएको छ।
पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए।
यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।
‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नुहुनेछ,’ बैंकका सूचना अधिकारी त्रिपाठीले भने।
उनकाअनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ।
बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ।
यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास छ।
सम्बन्धित खवर
-
गैँडाकोट, श्रावण १८ । नवलपुरको ...
-
भरतपुर, साउन १८- नेपाल विद्युत ...


















