0Shares

गएको २४ घण्टामा देशभर थप १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज मात्र थप १२ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ। आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज मात्र ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement