1Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार ८१ जना संक्रमित थपिएका हुन् ।

११ हजार १६७ पीसीआर परीक्षणमा १ हजार ८१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमित १५ हजार २५ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट निको हुने दर निरन्तर बढिरहेको छ । बुधबार अपरान्हसम्म ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म देशभर ३३ हजार ८८२ जना निको भएका छन् ।

निको हुनेदर ६८ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तागौतमले जानकारी दिए ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement