चितवनमा आज ७४ जनामा कोरोना पुष्टि
9Shares
चितवन ,१९ भदौ । चितवनमा कोरोना भाइरसको संक्रमण बढेको छ । जिल्लाका ७४ जनामा एकै दिन कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ७४ जनासहित १०६ जनामा कोरोना पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्य भरतपुर महानगरपालिकाका मात्रै ५५ जना रहेका छन । त्यस्तै राप्ती नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना,रत्ननगरका ३ र कालिकाका १ जना रहेका छन् ।
9Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















