0Shares
चितवन — विद्यालयमा तास खोलेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ बरामद भएको चितवन प्रहरीले शुक्रबार निकालेको सूचनामा उल्लेख छ ।
खैरहनीको इलाका प्रहरी कार्यालयले बिहीबार दिउँसो १ बजे खैरहनी नगरपालिका–२ को लिटिल हेभन स्कुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्कुलमै जुवा खेल्दै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरुमा विद्यालयका प्रधानाध्यापक खैरहनी–२ का विष्णु सिलवालसहित सोही ठाउँका राजकुमार गुरुङ, ऋषिजन केसी, उमेश केसी, गुणराज केसी, तिलक श्रेष्ठ, राजु थापा, राम थापा, शिव सिलवाल, बलराम सिलवाल र बेनी केसी रहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















