1Shares

चितवन । चितवन भरतपुर ४ का वडाध्यक्ष हरि आचार्यले वडाध्यक्षकै नेतृत्वमा कोराना संक्रमित स्वास्थ्यकर्मीमाथि अपमान हुने गरी दुव्र्यवहार भएको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वडाध्यक्ष आचार्यले सामाजिक सञ्जालमार्फत संक्रमित स्वास्थ्यकर्मीलाई चोट पुग्ने दुव्र्यवहार नभएको दावी गरेका छन् । उनले आफू उक्त कार्यक्रममा पनि सहभागी नभएको र सो समयमा महानगरको बैठकमा सहभागी भएको बताएका छन् ।

वडाध्यक्ष आचार्यले भनेका छन्, ‘मैले सम्बन्धित टोलमा बुझ्दा टोलबाट कोराना संक्रमित क्षेत्र सावधान हौँ भन्ने ब्यानर लिएर चोकचोकमा ब्यानर टाँस्दै डाक्टर साहेबको घर हुँदै जाने क्रममा टोलका मानिसलेआफ्नै भाई साथीको नाताले भेटी उहाँको स्वास्थ्य अवस्था बुझ्नु भएको कुरा मेरो जानकारीमा आएबाहेक उहाँप्रति दुव्र्यवहार भएको कुरा मलाई थाहा छैन र टोलले उहाँलाई दुव्र्यवहार गर्नुपर्ने कुनै कारण पनि मैले देख्दिनँ । ’

सामाजिक सञ्जालमा थप भनिएको छ, ‘कहिकतै टोलवासीको व्यबहारबाट उहालाई चोट पर्न गएको भए वडाअध्यक्षको नाताले  यो संवेदनशील घडीमा आफ्नै वडावासी आफ्नै भाइ छोराको नाताले उहाँलाई परेको चोटमा गहिरो दुःख व्यक्त गर्दै उहाँहरुको शीर्घ स्वास्थ लाभको कामना गर्दछु ।’

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement