3Shares

प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।

प्रहरीले  जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।

सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक  भी नटराज  र नगेन्द्र कम्पाटी हुन ।

3Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement