काङ्ग्रेसको महाधिवेशन तालिका सार्वजनिक
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए ।
बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । क्रियाशील सदस्यताको छानबिन गर्नेदेखि विवाद टुंग्याएर अन्तिम सूची निकाल्ने काम पार्टीद्धारा गठित छानबिन समितिले गर्छ । तर, अहिलेसम्म त्यस्तो समिति बनेको भने छैन । मंसिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने समय पनि कांग्रेसले तोकेको छ । त्यसपछि मात्रै वडा तहदेखि अधिवेशनको प्रकृया सुरु हुन्छ ।
महाधिवेशनको परिमार्जित तालिका
- केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
- गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
- गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
- प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
- जिल्लाका अधिवेशन ०७७ पुस १३
- एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
- प्रदेश अधिवेशन माघ ६ गते
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















