0Shares

चितवन ५ असार । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले केन्द्रदेखि स्थानीय तहसम्मले आउदो वर्षका योजनामा मानव जीवन रक्षाको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।

कालिका नगरपालिकाको छैठौ नगरसभालाई शुक्रबार सम्वोधन गर्दै कोरोनाका कारण रोजगारी गुमेको, आर्थिक संकट पैदा हुन थालेकाले मानव जीवनलाई रक्षा गर्ने कार्यक्रम ल्याएमा मात्र नीति कार्यक्रम प्रभावकारी हुनेमा जोड दिनु भयो ।

कोरोना कोभिड १९ लाई लक्षित गरेर कालिकाले व्यवस्थापन गरेको क्वारिन्टनको प्रशंसा गर्दै निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले अन्य विकासका काममा पनि यसैगरी एकजुट भएर लाग्न सबैलाई सुझाव दिनु भयो ।

उहाले कृषि क्षेत्रमा मात्रै एक करोड ४ लाख रुपैयाँ कालिका नगरपालिकाको लागि बजेट विनियोजन गरिएको बताउनु भयो । ‘केन्द्रीय योजना र प्रदेश सरकारका योजना बाहेक यो रकम विनियोजन गरिएको हो’ उहाले भन्नु भयो । समग्रमा कालिका नगरपालिकाले ८० करोड रुपैयाँको बजेट पाउँने बताउनु भयो । खासगरी विदेशवाट महामारीका कारण घर फर्कीकाहरुलाई नेपालमै स्वरोजगार बनाउन ६३ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनु भयो । यो रकम उनीहरुलाई तालिम दिएर दक्ष बनाउनका लागि खर्च गर्ने गरी विनियोजन गरिएको बताउनु भयो ।

यसैगरी कालिका नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि २ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो केन्द्रीय सरकारले छुट्याएको बजेट हो ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले जनताको जीवनलाई कसरी सुरक्षित गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो । उहाले सोही अनुसारको नीति तथा कार्यक्रमलाई प्रदेशले प्राथमिकतामा राखेको जानकारी दिनु भयो । जनतालाई रोजगारीको व्यवस्थापन सम्म कसरी लैजाने विषयमा हाम्रा योजना तथा नीति केन्द्रीत छ उहाले भन्नु भयो । सबै स्थानीय तहसम्म पीसीआर रिपोर्ट पाउने वातावरणदेखि बाल मृत्युदर घटाउने योजनाहरु प्रदेश सभाले प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।Íρ

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement